काठमाडौं । नेपाली जनता दलका अध्यक्ष हरिचरण साह र जनयुग पार्टीका अध्यक्ष जवराज सुवेदीले पार्टी एकता गरेका छन् । शनिबार दुई दलले पार्टी एकता गरेका हुन् ।
एकतापछि पार्टीको नाम नेपाली जनता दल कायम भएको छ । दलको चुनाव चिह्न ‘सिट्टी’ राख्ने र जनयुगले निर्वाचन आयोगमा दिएको निवेदन फिर्ता गर्ने जानकारी गराएको छ । पार्टीको राष्ट्रिय अध्यक्ष हरिचरण साह र कार्यकारी अध्यक्ष नवराज सुवेदी रहने सहमति भएको छ ।

प्रतिक्रिया