अशोक राई नेतृत्वको जसपा विभाजन


काठमाडौं । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी विभाजन भएको छ । राजेन्द्र श्रेष्ठसहितका नेताहरूले प्रचण्ड नेतृत्वको नेकपामा जाने घोषणा गरेसँगै पार्टी विभाजन भएको हो ।

श्रेष्ठसहित ६ नेताले अध्यक्ष अशोक राईलाई पत्र पठाउँदै पार्टीबाट अलग भएको र अब नेकपासँग एकीकरणमा जाने जानकारी गराएका छन् ।

जसपा संघीय परिषद् अध्यक्ष राजेन्द्र श्रेष्ठ, उपाध्यक्षद्वय रणध्वज लिम्बु (कन्दङ्वा) र परशुराम बस्नेत, जसपा केन्द्रीय सल्लाहाकार समितिका सदस्य दुर्गामणि देवान, केन्द्रीय विज्ञ परिषद् अध्यक्ष डा. पुष्पराज राजकर्णिकार र केन्द्रीय अनुशासन आयोगका अध्यक्ष कृष्णबहादुर घजु नेपाली कम्युनिष्ट पार्टीमा समाहित हुने भएका हुन् ।