काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति), जनार्दन शर्माको प्रगतिशील राष्ट्रिय अभियान र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गरेका सन्तोष परियारबीच एकतापछि बनेको प्रगतिशील लोकतान्त्रिक पार्टी आज घोषणा हुँदैछ । राष्ट्रिय सभागृहमा आज मध्यान्ह पार्टी एकता घोषणा कार्यक्रम रहेको छ ।
कात्तिक १९ गते १० वटा वाम घटकहरू मिलेर नेपाली कम्युनिस्ट पार्टी घोषणा भएपछि जनार्दन शर्माले तत्कालीन माओवादी केन्द्र परित्याग गरी प्रगतिशील राष्ट्रिय अभियान घोषणा गरेका थिए ।
त्यसपछि सन्तोष परियारले पनि राष्ट्रिय स्वतन्त्र पार्टी छाडेका थिए । कात्तिक २८ गते बाबुराम भट्टराईको नेसपा (नयाँ शक्ति), जनार्दन शर्माको अभियान, सन्तोष परियारले एकताको सहमति गरेका थिए।
पार्टीको चुनाव चिन्हका रूपमा नेसपाले प्रयोग गर्दै आएको ‘आँखा’ नै रहने छ भने झण्डा तय गर्ने काम अझै बाँकी छ। महाधिवेशनसम्मका लागि विभिन्न क्षेत्र र समुदाय समेटिएको करिब पाँच–छ जनाको अध्यक्षमण्डल रहने बताइएको छ ।

प्रतिक्रिया