काठमाडौं । रेशम चौधरीको ‘नागरिक उन्मुक्ति पार्टी नेपाल’ निर्वाचन आयोगमा दर्ता भएको छ । दल दर्ताका लागि चाहिने सबै प्रमाण पुर्याएपछि र केन्द्रीय समितिका सबै पदाधिकारी तथा सदस्यले सनाखत गरेपछि आयोगले दल दर्ता गरेको हो ।
दल दर्ता भएपछि बुधबार चौधरीसहित पार्टीका पदाधिकारी निर्वाचन आयोगको कार्यालयमा गएर दल दर्ताको प्रमाणपत्र लिएका छन् । उनकै श्रीमती रञ्जिता श्रेष्ठ अध्यक्ष रहेको नागरिक उन्मुक्ति पार्टीका संरक्षक रहेका चौधरीले छुट्टै दल दर्ता गराएका हुन् ।

प्रतिक्रिया