काठमाडौं । मधेश प्रदेश सरकार गठनविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । सोमबार रक्कीप्रसाद साह र सुजित यादवले सर्वोच्चमा रिट दायर गरेका हुन् ।
रिटको पेसी मंगलबारका लागि तोकिएको छ । उनीहरूले मधेश प्रदेश प्रमुखको कार्यालय, मुख्यमन्त्रीको कार्यालय र मधेस प्रदेशसभालाई विपक्षी बनाएर रिट दायर गरेका छन् ।
उपचारका लागि काठमाडौं जान्छु भनेर बिदा भएकी मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले बीचबाटोमा नेकपा एमालेका संसदीय दलका नेता सरोजकुमार यादवलाई मुख्यमन्त्रीमा नियुक्त गरेकी थिइन् ।
सरकार गठनको आह्वान नै नगरी नियुक्ति र शपथ गराएपछि विरोध सुरु भएको थियो । प्रदेश प्रमुख र मुख्यमन्त्रीको कार्यालयमा सामान्य तोडफोडसहित तालाबन्दी समेत गरिएको छ ।

प्रतिक्रिया