बुधबार भीम रावल नेतृत्वको ‘मातृभूमि जागरण अभियान’ नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुने


काठमाडौँ । भीम रावल नेतृत्वको ‘मातृभूमि जागरण अभियान, नेपाल’ नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुने भएको छ । आइतबार पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपालसहितका नेताहरूसँगको संवादपछि रावल नेतृत्वको अभियान नवगठित नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुने निश्चित भएको हो ।

त्यसका लागि आगामी कात्तिक २६ गते ‘बृहत् पार्टी समायोजन कार्यक्रम’ आयोजना गरिएको नेपाली कम्युनिस्ट पार्टीका नेता प्रकाश ज्वालाले जानकारी दिएका छन् ।

कार्यक्रममा नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सहसंयोजक माधव कुमार नेपाल लगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको ज्वालाले बताए । एमालेले कारबाही गरेपछि रावलले ‘मातृभूमि जागरण अभियान, नेपाल’ अभियान संचालन गर्दै आएका थिए ।