काठमाडौं । नेकपा एमालेले विघटित प्रतिनिधिसभाका सदस्यहरूको बैठक बोलाएको छ । मुलुकमा विकिसत पछिल्लो राजनीतिक जटिलता र असामान्य परिस्थितिबारे छलफल गर्न एमालेले निवर्तमान सांसदहरूको बैठक बोलाएको हो ।
विघटित प्रतिनिधिसभाका एमाले दलका प्रमुख सचेतक महेश बर्तौलाका अनुसार मंसिर २ गते दिउँसो १ बजे बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्नेछ । बैठकलाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले विशेष निर्देशन दिने तयारी गरिएको छ ।
बर्तौलाका अनुसार एमालेले अघि बढाएको संसद पुनःस्थापनाको मुद्दालाई अन्य दलहरुलाई पनि सहमत गराउन पार्टी अध्यक्षले विशेष निर्देशन दिने भएका छन् । एमालेले फागुन २१ गते निर्वाचन हुन नसक्ने ठहर गर्दै संसद् पुनस्थापनाको मागलाई जोडदार रुपमा उठाउने निर्णय गरिसकेको छ ।

प्रतिक्रिया