कञ्चन बिच्छालाई मन्त्रीबाट तत्काल फिर्ता हुन राप्रपाको निर्देशन


काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले मधेश प्रदेश सरकारको मन्त्रीमा नियुक्त कञ्चन बिच्छालाई तत्काल फिर्ता हुन निर्देशन दिएको छ ।

पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले राप्रपा सांसद बिच्छालाई मन्त्रिमण्डलमा सहभागी गराएपछि अध्यक्ष लिङ्देनले उनलाई सरकारबाट फिर्ता हुन निर्देशन दिएका हुन् ।

अध्यक्ष लिङ्देनले भनेका छन्, ‘मधेस प्रदेश सरकारमा राप्रपाको सहभागिताप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । यो अनुशासनको गम्भीर उल्लंघन हो । राप्रपाका सदस्यलाई तत्काल सरकारबाट फिर्ता हुन निर्देशन छ। अन्यथा विधान बमोजिम कारवाही हुने जानकारी गराउँछु।’