काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टी पुनर्गठन गरिएको छ । शनिबार बसेको जूम बैठकले पार्टी पुनर्गठन गर्दै संयोजकमा घनश्याम भूसाललाई चयन गरेको हो ।
माओवादी केन्द्रसँग एकता गर्नुअघि भूसाल पार्टीको महासचिव थिए । बैठकले मंसिरको पहिलो साता राष्ट्रिय भेला आयोजना गर्ने निर्णय पनि गरेको केन्द्रीय सदस्य अमृतसागर बस्नेतले जानकारी दिए ।
भूसाल, नेकपा माओवादी केन्द्रका तत्कालीन नेता जनार्दन शर्मा र नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवबीच सहकार्य गर्ने सहमति भइसकेको छ ।

प्रतिक्रिया