सौराहामा रास्वपाको विस्तारित बैठक(फोटोफिचर)


चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को विस्तारित बैठक चितवनको सौराहामा सुरु भएको छ । बैठकमा आगामी निर्वाचन र पार्टीको रणनीतिलगायतका विषयमा छलफल हुनेछ । बैठकमा ५ सय भन्दा बढी प्रतिनिधिहरुले सहभागिता जनाएका छन् ।

बैठकमा पार्टीका कार्यवाहक सभापति डोलप्रसाद अर्यालले राजनीतिक, उपसभापति डा. स्वर्णिम वाग्लेले आगामी निर्वाचनका लागि वाचापत्रको मस्यौदा पेस गर्ने छन् ।

त्यस्तै प्रदेश सभापतिहरूले प्रदेश भित्रका जिल्लाको पार्टी संगठनको अवस्थाबारे ब्रिफिङ गर्ने बताइएको छ।