हिजो मैले झोले, हनुमान बनेर देवत्वकरण गरेको गल्ती स्वीकार्छु, अब त्यस्तो गल्ती गर्नेछैनः सुमन पुरी


काठमाडौं । नेकपा एमाले निकटको राष्ट्रिय युवा संघ नेपालका निवर्तमान महासचिव सुमन पुरीले विगतमा पार्टी नेतृत्वको ‘झोले’ र ‘हनुमान’ बनेर देवत्वकरण गरेकोमा आत्मालोचना गरेका छन् ।

बुधबार सामाजिक संजालमार्फत पुरीले हिजो झोले, हनुमान बनेर देवत्वकरण गरेकोमा गल्ती स्वीकार्दै आत्मालोचना गरेका हुन् । नेकपा एमालेले केही महिना अघि ‘म झोले’ अभियान चलाएको थियो ।

पुरीले भनेका छन्, ‘हिजो मैले झोले, हनुमान बनेर देवत्वकरण गरेको गल्ती स्वीकार्छु । यो अभ्यास पार्टीको विचार र जबजको मार्गदर्शनसँग मेल खाँदैन भन्ने गम्भीर आत्मबोध भएको छ । अब त्यस्तो गल्ती कहिल्यै नगर्ने दृढ प्रतिवद्धता गर्दछु । गलतलाई गलत र सहीलाई सही भन्न सक्ने संस्कारलाई आत्मसात गर्दै, जबजको मार्गदर्शनमा समृद्ध नेपाल र समाजवाद उन्मुख राष्ट्र निर्माणमा आफूलाई समर्पित गर्दछु।’

राष्ट्रिय युवा संघको पोखरामा सम्पन्न महाधिवेशनमा निर्वाचनबाट नेतृत्व चयन हुनुपर्ने अडान राखेका पुरी अध्यक्ष पदमा क्षितिज थेवेसँग झिनो मतले पराजित भएका थिए ।