सरकार विघटन राप्रपाको आव्हान


काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले जेनजी पुस्ताको प्रदर्शनमा सरकारले गरेको दमनप्रति आपत्ति जनाएको छ । सोमबार बसेको पार्टीको केन्द्रीय पदाधिकारीहरूको आकस्मिक बैठकले भ्रष्टाचारविरुद्ध सडकमा ओर्लिएका नयाँ पुस्तालाई अन्धाधुन्ध बल प्रयोग र गोली समेत प्रहार गरेर सरकारले भ्रष्टाचार विरुद्धको आवाज निस्तेज र निमिट्यान्न पार्ने निन्दनीय तथा लाजमर्दो प्रयास गरेको ठहर गरेको हो ।

विज्ञप्तिमा भनिएको छ, ‘शान्तिपूर्ण प्रदर्शनमाथिको जंगली रवैयाबाट सरकारको स्वेच्छाचारी, अलोकतान्त्रिक र सर्वसत्तावादी चरित्र उदांगो भएको छ। आजको बर्बर दमनपुर्ण घटनालाई राप्रपाले नेपाली इतिहासकै क्रुर र दुःखद घटनाको रूपमा लिएको छ। यस घटनाबाट वर्तमान सरकारको उपादेयता समाप्त भएको राप्रपाको निश्कर्ष रहेको छ । तत्काल सरकार विघटन र सबै समस्याको समाधान तथा नयाँ समझदारीको लागि राप्रपा आव्हान गर्दछ ।’