काठमाडौँ । प्रतिनिधिसभामा ‘सङ्घीय निजामती सेवा विधेयक, २०८०’का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल भएको छ । सभाको बिहीबारको बैठकमा प्रतिनिधिसभाका सचिव हर्कराज राईले उक्त विधेयक टेबुल गरे ।
सो विधेयक राष्ट्रियसभाबाट यही भदौ १७ गते पारित भएको थियो । विसं २०८० फागुन २ गते प्रतिनिधिसभामा दर्ता
भएको उक्त विधेयक प्रतिनिधिसभाबाट २०८२ असार १५ गते पारित भएको थियो ।

प्रतिक्रिया