लिङ्देनलाई पूर्वराजाले भेट्न इन्कार गरेको भनेर किन फैलाइयो हल्ला ?


काठमाडौं । यतिवेला पूर्वराजा ज्ञानेन्द्र झापामा छन् । उनी आफ्नो व्यक्तिगत भ्रमणको लागि पारिवारसहित झापा पुगेका हुन् । उनी अझै केहीदिन झापामा रहेन उनको निकटस्थहरुले बताएका छन् ।

यसै सिलसिलामा केही दिनअघि राप्रपाको जिल्ला अधिवेशनमा झापा पुगेका राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पूर्वराजासँग भेटको लागि समय मागेको र भेटको समय नदिएको भन्ने समाचार भ्रामक रहेको दरवार निकट स्रोतले जानकारी गराएको छ ।

न राजेन्द्र लिङ्देनले भेटको समय मागेका छन् न त पूर्वराजाबाट इन्कार गरिएको छ । राप्रपा अध्यक्ष लिङ्देन निकटस्थले पनि अध्यक्षले समय नै बताएका छन् । यस्तो समाचारमा भ्रामकता रहेको राप्रपाका एक नेताले बताए ।