काठमाडौँ । नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिश्रीले कांग्रेस सभापति शेरबहादुर देउवासँग भेट गरेका छन् । आइतबार काठमाडौं आएका विदेश सचिव मिश्रीले दिउँसो देउवा निवास पुगेर उनलाई भेटेका हुन् ।
भेटमा नेपाल–भारत सम्बन्धलाई अझ सुदृढ बनाउने विषयमा छलफल भएको देउवाको निजी सचिवालयले जनाएको छ । त्यस्तै उनीहरुबीच आपसी विश्वास, सद्भावना र दुवै देशको समृद्धि तथा स्थिरताको साझा आकांक्षामा आधारित घनिष्ठ र बहुआयामिक सम्बन्धलाई अगाडि बढाउने विषयमा छलफल भएको बताइएको छ ।




प्रतिक्रिया