काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आज काठमाडौं ल्याइने भएको छ । सहकारी ठगी प्रकरणमा रुपन्देही कारागारमा रहेका लामिछानेलाई आज दिउँसो ३ बजे काठमाडौं ल्याइन लागेको हो ।
उनलाई दिउँसो ३ः१० को बुद्ध एयरको उडानबाट काठमाडौं ल्याइन लागेको हो । लामिछानेलाई नख्खु कारागारमा सरुवा गर्ने शुक्रबार कारागार व्यवस्थापन विभागले निर्णय गरेको थियो ।

प्रतिक्रिया