सभामुखलाई रामहरिले बुझाए राजीनामा


काठमाडौं । प्रतिनिधिसभा सदस्य रामहरि खतिवडाले राज्यव्यवस्था सुशासन समितिको सभापति पदबाट राजीनामा दिएका छन् । सांसद खतिवडाले बुधबार लिखित राजीनामा पत्र सभामुख देवराज घिमिरेसमक्ष बुझाएका हुन् ।

साउन २८ गतेबाट लागू हुने गरी उनले राज्यव्यवस्था सुशासन समितिको सभापति पदबाट राजीनामा दिएका हुन् । मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा समितिको सभापति पदबाट राजीनामा दिने घोषणा गरेका थिए ।