मकवानपुर । नेपाली कांग्रेस बागमती पदेश संसदीय दलका नेता तथा मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले काभ्रेपलाञ्चोक जिल्लाको बनेपा निवासी प्रदेशसभाका सदस्य कञ्चनचन्द्र बादेलाई नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको प्रमुख सचेतक पदमा आज नियुक्त गरेका छन् ।
यसैगरी मुख्यमन्त्री बानियाँले ललितपुरको मङ्गलबजार निवासी प्रदेशसभाका सदस्य मीनकृष्ण महर्जनलाई संसदीय दलको सदस्यसचिवमा नियुक्त गरेका मुख्यमन्त्रीका प्रमुख स्वकीयसचिव मिलन पुडासैनीले जानकारी दिए ।
नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको सदस्यसचिवमा प्रदेशसभाका सदस्य कृष्णकुमार तामाङ अहिले मुख्यमन्त्री बानियाँको मन्त्रिपरिषद्मा साउन २० गते मन्त्रीमा नियुक्त भएपछि उक्त दलको सदस्यसचिवको पद रिक्त भएको थियो ।

प्रतिक्रिया