स्थायी कमिटी बैठकमा आज अध्यक्ष प्रचण्डले जवाफ दिने


काठमाडौँ । शुक्रबारदेखि जारी नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठकमा आज अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिने भएका छन् ।

पार्टी केन्द्रीय कार्यालयमा पेरिसडाँडामा बिहान ११ बजे बस्ने बैठकमा स्थायी कमिटी सदस्यहरुले उठाएका प्रश्नको अध्यक्ष प्रचण्डले जवाफ दिएर समापन गर्ने तयारी गरिएको हो ।

बैठकमा अध्यक्ष प्रचण्डले स्थायी समिति सदस्यहरूले उठाएका प्रश्न र राखेका धारणाहरूमाथि जवाफ दिने र बैठक समापन हुने माओवादीले जनाएको छ । अध्यक्ष प्रचण्डले जवाफ दिनुअघि वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र महासचिव देवप्रसाद गुरुङले आ–आफ्नो धारणा राख्नेछन् ।