काठमाडौँ । नेपाल–चीन कूटनीतिक सम्बन्ध ७० औँ वर्षमा प्रवेश गरेको छ । यस अवसरमा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल र जनवादी गणतन्त्र चीन बीच दौत्य सम्बन्ध स्थापना भएको ७०औँ वार्षिकोत्सवको अवसरमा दुबै देशका जनतालाई बधाई तथा शुभकामना दिएका छन् ।
सामाजिक संजालमार्फत प्रचण्डले दुई देशबीच सदियौंदेखि गाँसेको हाम्रो सम्बन्ध पारस्परिक सम्मान, आपसी सहयोग र साझा समृद्धिको लक्ष्यबाट निर्देशित भएको उल्लेख गरेका छन् । उनले भनेका छन्, ‘यस अवसरमा म दुई देशका जनता र सरकारहरुलाई मानव जातीको साझा भविष्य र विश्व शान्तिका क्षेत्रमा थप गहिरो सम्बन्ध र सहयोगको अपेक्षा गर्दछु ।’
तिब्बतका राजा स्रोङ्चन गम्पोसँग राजकुमारी भृकुटीको विवाहपछि प्रारम्भ भएको ऐतिहासिक सम्बन्ध आधुनिक युगमा अझ झाङ्गिदै गएको छ । सन् १९४९ मा स्थापना भएको चीनसँग आजकै दिन अर्थात् १ अगष्ट १९५५ मा कूटनीतिक सम्बन्ध कायम भएको हो ।

प्रतिक्रिया