रामेछापमा पार्टीको जिल्ला अधिवेशनका लागि सहायक महामन्त्री विजय खड्का पर्यवेक्षक


काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको जिल्ला र स्थानीय तहहरुको अधिवेशनलाई व्यवस्थित, मर्यादित र विवादरहित ढंगबाट निर्धारित समयभित्रै गर्नका लागि पार्टीको विधान र केन्द्रीय कार्यसम्पादन समितिको निर्णय अनुसार केन्द्रीय नेतहरूलाई जिल्लामा केन्द्रीय पर्यवेक्षक तोकेको छ ।

निर्णय अनुसार रामेछाप जिल्लामा सहायक महामन्त्री तथा पर्यटन विभाग प्रमुख विजय खड्का तोकिएका छन्। उनले रामेछाप जिल्लाको गाँउ, नगर, प्रदेश तथा जिल्ला अधिवेशनको पर्यवेक्षण गर्नुको साथै जिल्लाका राप्रपा नेतृत्वसँग समन्वयको भूमिका गर्ने निर्वाह गर्नेछन्।

यसरी तोकिएका पर्यवेक्षकहरुलाई जिल्ला कार्य समिति, सम्बन्धित जिल्लाबाट प्रतिनिधित्व गर्ने केन्द्रीय पदाधिकारी, सदस्य तथा प्रदेश पदाधिकारीहरुसँग सम्पर्क र समन्वय गरी जिल्ला अधिवेशनको वातावरण बनाउन, अनुगमन र सहयोग गर्न, भ्रष्टाचार विरुद्धको कार्यक्रम गर्न, गराउन, आगामी आन्दोलनको तयारी गर्न, पार्टी प्रवेश कार्यक्रमलाई अभियानको रुपमा सञ्चालन गर्न, गराउन आवश्यक सहजीकरण र समन्वय गर्न जिम्मेवारी प्रदान गरिएको छ। पर्यवेक्षकहरुले अविलम्ब आफ्नो कार्य प्रारम्भ गर्न र नियमित प्रतिवेदन पेश गर्नुपर्नेछ।