लुम्बिनी प्रदेश सरकारका नवनियुक्त खेलकुदमन्त्री पाण्डेले लिए शपथ


बुटवल । लुम्बिनी प्रदेशका नवनियुक्त युवा तथा खेलकुदमन्त्री सन्तोषकुमार पाण्डेले पद तथा गोपनियताको शपथ लिएका छन् ।

सोमबार प्रदेश प्रमुखको कार्यालय बुटवलमा आयोजित समारोहमा नवनियुक्त मन्त्री पाण्डेले प्रदेश प्रमुख कृष्णबहादुर घर्ती समक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

पाण्डे लोकतान्त्रिक समाजवादी पार्टीबाट मन्त्री नियुक्त भएका हुन् । पाण्डे आइतबार मन्त्री नियुक्त भएका थिए ।