काठमाडौं । नेकपा एमालेको पोलिटब्युरो बैठक शुरू भएको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा बैठक सुरु भएको हो । बैठकमा बिहीबारको सचिवालय बैठकद्वारा पारित विधान संशोधन प्रस्तावमाथि छलफल हुने छ ।
सचिवालय बैठकले ७० वर्षे उमेर हद र दुई वर्षे कार्यकालको व्यवस्था हटाउने निर्णय गरेको थियो । बैठकमा पार्टीको सचिवालय
बैठकबाट निर्णित विधान संशोधनलगायत प्रस्ताव पेस हुनेछन् ।
विधान महाधिवेशनपूर्व यही साउन ५ गते हुने केन्द्रीय कमिटी बैठकमा ती प्रस्ताव प्रस्तुत गरिनेछन् । बिहीबार राति सम्पन्न बैठकमा विधान संशोधनको प्रस्तावमा घनीभूत छलफल भएको थियो ।
एमालेको दोस्रो विधान महाधिवेशन आगामी भदौ २०, २१ र २२ ललितपुरको गोदावरीमा हुनेछ । विधान महाधिवेशनले पार्टीभित्र ७० वर्षे उमेर हद र एकै पदमा लगातार दुई कार्यकाल बस्न नमिल्ने प्रावधान विधिवत् रुपमा हटाउने तयारी गरिएको छ ।
विधान महाधिवेशनका लागि उपाध्यक्ष विष्णुप्रसाद पौडेलले बिहीबार प्रस्तुत गरेको विधान संशोधनको प्रस्तावलाई एमालेको केन्द्रीय कमिटीले अन्तिम रुप दिनेछ । उमेर हद र दुई वर्षे कार्यकाल हटाउने निर्णयले एमालेका नेताहरु आरोप प्रत्यारोपमा उत्रिएका छन् ।







प्रतिक्रिया