काठमाडौं । बिहीबार पनि विपक्षी दलले प्रतिनिधिसभा बैठक अवरुद्ध गरेका छन् । बिहीबार साँझ बैठक सुरु हुनासाथ प्रमुख प्रतिपक्षमा रहेका सांसदहरू उठेर विरोध जनाएपछि स्थगित सभामुखले शुक्रबार दिउँसो एक बजेसम्मका लागि स्थगित गरेका हुन् ।
भिजिट भिसा प्रकरणम गृहमन्त्री रमेश लेखकको राजीनामा, संसदीय छानबिन समिति गठनलगायत माग गर्दै लामो समयदेखि संसद अवरुद्ध हुँदै आएको छ ।

प्रतिक्रिया