काठमाडौँ । नेकपा माओवादी केन्द्रले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा मागेको छ । सोमबार बसेको पदाधिकारी बैठकले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीमा प्रश्न उठेकाले राजीनामा दिन आग्रह गरेको प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए ।
उनले निष्पक्ष अनुसन्धानका लागि गृहमन्त्रीले राजीनामा दिनुपर्ने बताए । सापकोटाले भने, ‘कांग्रेसभित्रकाले पनि राजीनामा मागेका छन् । स्वतन्त्र र निष्पक्ष छानबिनका लागि गृहमन्त्रीले मार्गप्रश्स्त गर्नुपर्ने निष्कर्ष निकालेको छ ।’
उनले यस विषयमा जति ढिलो भयो उति राज्यको साख गिर्दै जाने भन्दै शक्ति नदेखाउन आग्रह गरे ।

प्रतिक्रिया