अन्तर्राष्ट्रिय सांस्कृतिक महोत्सव उद्घाटन गर्न प्रधानमन्त्री ओली लुम्बिनीमा



लुम्बिनी । लुम्बिनीमा अन्तर्राष्ट्रिय सांस्कृतिक महोत्सव र सेमिनारको उद्घाटन गर्न प्रधानमन्त्री केपी शर्मा ओली लुम्बिनी आएका छन् ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रधानमन्त्री ओलीलाई लुम्बिनीमा स्वागत गरेका थिए । नेपाल र चीनबीचको सांस्कृतिक सम्बन्ध विस्तारका लागि चौथो महोत्सव लुम्बिनीमा आयोजना गरिएको छ ।

महोत्सवअन्तर्गत अन्तर्राष्ट्रिय सेमिनारको आयोजक लुम्बिनी बौद्ध विश्वविद्यालय रहेको छ भने महोत्सवको समन्वय सारीपुत्र फाउन्डेसनले गरेको छ ।

नेपाल र चीनबीचको कला र संस्कृति प्रवद्र्धनको उद्देश्यसहित महोत्सव हुन लागेको हो । चीनको वल्र्ड एलायन्स फर बुद्धिष्ट कल्चरल एक्सचेन्ज लिमिटेड र वीचो पिस क्यालिग्राफी एण्ड पेन्टिङ एकेडेमीले सहकार्य गरेका छन् ।

संस्कृति तथा पर्यटन मन्त्रालय र लुम्बिनी विकास कोषले पनि सहकार्य गरेका छन् । महोत्सवमा ४० देशका प्रतिनिधिहरु सहभागी हुने जनाइएको छ । महोत्सवमा पाँच हजारभन्दा बढीको सहभागिता रहने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपाली कांग्रेसका सबै तहका कार्यालय प्लास्टिकरहित क्षेत्र घोषणा

पाटन (ललितपुर) । नेपाली कांग्रेसका सबै तहका कार्यालय प्लास्टिकरहित क्षेत्र घोषणा गरिएका छन्

दिउँसो पक्राउ परेका कमल थापा, दीपक सिंहसहित ७ जना रिहा

काठमाडौँ । काठमाडौँको नारायणचौरमा आइतबार भएको प्रदर्शनका क्रममा पक्राउ परेका राप्रपा नेपालका अध्यक्ष

एमाले महासचिव भन्छन् – लोकतन्त्रबारे जनतालाई बुझाउन सकिएन

काठमाडौँ । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले लोकतन्त्रबारे जनतालाई बुझाउन नसकिएको बताएका

कमल थापालाई भेट्न प्रहरी परिसर पुगेका बेला राप्रपा सांसद दीपक सिंह पक्राउ

काठमाडौं । राप्रपाका सांसद दीपक सिंह पक्राउ परेका छन् । राजावादीको आन्दोलनबाट पक्राउ