रवि लाछिानेमाथि अनावश्यक रूपमा फौजदारी मुद्दा लगाइएकामा रास्वपाको आपत्ति



काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद डोलप्रसाद अर्यालले राष्ट्रिय समस्याको पहिचान र नागरिकको दैनिकीसँग जोडिएका उल्झनको समाधानका लागि सरकारको ध्यानाकर्षण गराएका छन् ।

शुक्रबारको प्रतिनिधिसभा बैठकको विशेष समयमा उनले वर्षे अधिवेशनमा सरकारको नीति तथा कार्यक्रम, बजेटलाई यथार्थपरक बनाउन र जनताको समस्या समाधानमा केन्द्रित गर्न आग्रह गरे ।

शिक्षा, स्वास्थ्य र रोजगारी सिर्जनामा बजेट बनाउन सरकारलाई सुझाव दिँदै अर्यालले सामाजिक न्याय र समावेशितालाई ख्याल गर्न सुझाव दिए । कनिका छरे जसरी बजेट छर्ने काम नगर्न सरकारलाई सचेत गराउँदै उनले अनुत्पादक खर्च कटौती, भ्रष्टाचार नियन्त्रण र सुशासन अभिवृद्धिको प्रबन्ध गर्नुपर्नेमा जोड दिए ।

गभर्नर नियुक्तिमा सरकारले तमासा देखाएको आरोप लगाउँदै सांसद अर्यालले शिक्षक, चिकित्सक, सहकारी पीडितलगायतको असन्तुष्टि सम्बोधन गर्नेतर्फ ध्यान नदिइएको बताए ।

सुधारको सुरुवात संविधानमा रहेको कमजोरीलाई सुधारबाट गर्नुपर्नेमा जोड दिँदै उनले सोही प्रयोजनका लागि गठन गरिएको भनिएको वर्तमान सरकारले त्यसतर्फ काम गर्न नसकेको उल्लेख गरे ।

सांसद अर्यालले आफ्ना पार्टीका सभापति रवि लाछिानेमाथि अनावश्यक रूपमा फौजदारी मुद्दा लगाइएकामा आपत्ति प्रकट गर्दै सरकार जसरी पनि थुन्ने प्रक्रियामा लागेको लगाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कांग्रेस-एमालेसँग अब सहकार्य गर्दैनौंः प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल  प्रचण्डले पटक–पटक कांग्रेस र एमालेसँग

प्रचण्ड के-के बर्बराउनुहुन्छ, अन्यथा मान्नु हुँदैन : अध्यक्ष लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले गणतन्त्रको जग हल्लिँदा प्रचण्डलाई पीर

म एमालेको झोले हुँ, यतिभन्दा एमाले विरोधीलाई चित्त बुझ्छ होलाः प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले व्यक्तिगत महत्वाकाङ्क्षा नभई राष्ट्रियहित, परिवर्तन र समृद्ध

तेस्रो दिन यस्तो देखियो राजावादीको आन्दोलन(भिडियो)

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीलगायत राजावादीहरुको आन्दोलन शनिबार तेस्रो दिन पनि जारी छ