उपमेयर डंगोल विश्वव्यापी युवा नेताहरुको मञ्चमा चयन



काठमाडौँ । काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डंगोल, स्वीजरल्याण्डको जेनेभाबाट विश्व आर्थिक मञ्च २०२५ का लागि विश्वव्यापी युवा नेताहरूको मञ्चमा चयन भएकी छन् ।

दक्षिण एशियाली मुलुकबाट ११ जना प्रतिनिधि छानिएका छन् । त्यसमध्ये नेपालबाट छानिनेमा उनी मात्र हुन् । डंगोल, यसअघि विश्व आर्थिक मञ्चको ग्लोबल सेपर्स काठमाडौँ हवको सदस्य थिइन् ।

विभिन्न ५० देशबाट प्रतिनिधित्व रहेको यस समूहमा ७ क्षेत्रमध्ये सरकारको प्रतिनिधित्व गर्दै उपप्रमुख डंगोल चयन भएकी हुन् । यस समूहमा ४० वर्षभन्दा कम उमेर भएका विश्वका ११६ जना युवा नेतृत्व छन् ।

फोरमले उपप्रमुखको संक्षिप्त परिचय उल्लेख गर्दै आफ्नो वेभसाइटमा लेखेको छ, ‘उहाँ युवाहरुलाई प्रेरणा प्रदान गर्ने र सांस्कृतिक पहिचानलाई आधुनिकतासँग जोड्ने राजनीतिज्ञ हुनुहुन्छ ।’

‘विश्व स्तरीय मञ्चमा प्रतिनिधित्व गर्न पाउनुले थप जिम्मेवारी महसुस भएको छ । राजनीतिक क्षेत्रबाट विशिष्ट पद ग्रहण गरिसक्नुभएका व्यक्तित्वहरुसँगको सहकार्यबाट युवाहरुलाई नेतृत्वका लागि प्रोत्साहित हुने काम गरिनेछन् ।’ चयन भएपछिको संक्षिप्त प्रतिक्रियामा उपप्रमुख डंगोलले धारणा व्यक्ति गरिन् ।

फोरमको युवा नेतृत्व समूहमा शैक्षिक क्षेत्रबाट १० जना, आर्ट, कल्चर एण्ड स्पोर्टस्बाट ८ जना, व्यापारिक क्षेत्रबाट ४९ जना, नागरिक समाजबाट ११ जना, मिडियाबाट ५ जना, सरकारबाट १९ जना, सामाजिक उद्यमशीलता क्षेत्रबाट १३ जना चयन भएका छन् ।

सरकार, व्यवसाय, नागरिक समाज, शिक्षा, मिडिया र कला क्षेत्रका नेतृत्वलाई एकै ठाउँमा ल्याएर आफूले नेतृत्व गरेको क्षेत्रसँगै समुदाय र बाहिरका क्षेत्रहरुको दिगो र सकारात्मक प्रभाव सिर्जना गर्नु नेतृत्व चयनको उद्देश्य हो ।

विश्वव्यापी समस्याको सुधार र व्यवहारिक समाधान गर्न प्रतिबद्ध युवा नेताको सहभागिता यसको शक्ति हो । यसले विश्वव्यापी सञ्जाल निर्माण, सामुहिक कार्य र नविनताका लागि कृतिम वौद्धिकता (एआई) सहितका प्रविधिको प्रयोग गरेर नयाँ दृष्टिकोण सिर्जना गर्नेछ । यसबाट परिवर्तनको अपेक्षा गरिएको छ ।

युवा नेताहरुले परिवर्तन अंगाल्न सक्नेछन् । प्रगतिलाई तीब्र बनाउन काम गर्नेछन् । अरुलाई प्रेरित गर्नेछन् । नेतृत्व चयनका विषयमा फोरम अफ योङ् ग्लोबल लिडर्स फाउन्डेसनका अध्यक्ष निकोल स्वाबको भनाइ छ ।

सन् २००४ मा स्थापना भएदेखि, युवा ग्लोबल लिडर्स फोरममा १२० भन्दा बढी देशका १ हजार ४ सय भन्दा बढी सदस्यहरु हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
प्रकृतिमुखी जीवनशैली अवलम्बन गर्न राष्ट्रपतिको आह्वान

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रकृतिमुखी जीवनशैली अवलम्बन गर्नुपर्नेमा जोड दिएका छन् ।

राइड शेयरिङमा जसरी केन्द्रले प्रदेशलाई हस्तक्षेप गर्न थाल्यो भने कसरी चल्छ ?

काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता डा शेखर कोइरालाले वर्तमान सरकार गठनका बेला

पारिवारिक तनावमा परेकोले हो सामाजिक सञ्जालमा मुख छाड्नेः प्रधानमन्त्री ओली

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले स्वदेशमै उद्यमशीलता र रोजगारी सृजना गर्ने युवाका साथमा

राज्यका संरचना समावेशी बनाउन राजनीतिक दल समावेशी हुनुपर्छः सभापति देउवा

ललितपुर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दलीय व्यवस्थामा दल आफैँ समावेशी नभएसम्म