अर्थतन्त्र चलायमान बनाउन पूर्वाधार निर्माणमा जोड दिनुपर्छः उपप्रधानमन्त्री सिंह
विराटनगर । उपप्रधान एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले अर्थतन्त्र चलायमान बनाउनका लागि पूर्वाधार निर्माणमा जोड दिनुपर्ने बताएका छन् । बुधबार मोरङको जहदा र कटहरी जोड्ने पुलको उनले यस्तो बताएका हुन् ।
सो स्थानमा पक्की पुल बनेपछि स्थानीयहरूलाई आवतजावतमा सहजता थपिएको छ । ‘मोरङको जहदा गाउँपालिका र कटहरी गाउँपालिका जोड्ने लोहन्द्रा पुलको आज उद्घाटन भयो । यो पक्की पुलको निर्माणसँगै यहाँका नागरिकहरूको दैनिकीमा सहजता थपिने र यहाँको आर्थिक गतिविधि बढ्ने विश्वास लिएको छु’, उनले भने ।
उनले आफूहरू राजनीतिमा जनतालाई अधिकार दिलाउँदै त्यसको संरक्षण गर्न र त्यसैका आधारमा विकास निर्माणमार्फत नागरिकको जीवन तथा जिविकोपार्जन सहज बनाउन अघि बढिरहेको पनि बताए ।