आत्मसमीक्षासहित देशको स्थिति बुझाउन जागरण अभियान सफल भइरहेको छः अध्यक्ष दाहाल



मध्यविन्दु । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तराई–मधेस जागरण अभियान जनताको बीचमा आत्मसमीक्षासहित देशको स्थिति बुझाउन सफल भइरहेको बताएका छन् ।

नवलपरासी (बर्दघाट सुस्तापूर्व) बाट पुनः सुरू गरेको अभियानका क्रममा मंगलबार कावासोती पुगेपछि उनले जनतामा रहेको भ्रम र असन्तुष्टि चिर्न अभियान सफल बन्दै गएको बताएका हुन् ।

‘विगतमा हामीले सरकार र काठमाडौँ केन्द्रित कुरामा अलि बढी ध्यान दियौँ भन्ने कमजोरी स्वीकारेपछि देशव्यापी अभियान सुरु भएको छ । यसक्रममा आफ्नो विचार, मुद्दा, आफ्नो वर्ग समुदाय र जनतासँगको सम्बन्धलाई जोड्नुपर्छ भनेर हामी अभियानमा जुटेका हौँ’, अध्यक्ष दाहालले भने, ‘यो अभियानले जनतामा ठूलो उत्साह थपिरहेको छ । सबै वर्गका जनतामा सकारात्मक उभार आएको छ ।’

पछिल्लो परिवर्तन र गणतन्त्रको रक्षा गर्ने प्रमुख जिम्मेवारी माओवादीको भएकाले त्यो जिम्मेवारी पूरा गर्न जनताको घरदैलोमा हिँडेको र देशमा देखिएको असन्तुष्टि अन्त्यका लागि माओवादीले पहल गरिरहेको उनको भनाइ छ ।

काठमाडौँमा भइरहेको शिक्षकहरूको आन्दोलनबारे धारणा राख्दै प्रचण्डले आफू प्रधानमन्त्री हुँदा शिक्षकहरूसँग गरेको सम्झौताअनुसार काम अगाडि बढेको दाबी गरे ।

वर्तमान सरकारले शिक्षकको जायज मागहरू पूरा गर्नुपर्ने र त्यसका लागि यसअघि भएका सहमतिलाई आधार मान्नुपर्ने उनको धारणा थियो । अभियानका क्रममा नेताहरूले यहाँका बेपत्ता तथा सहिद परिवारसँग भेटघाटसमेत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
प्रकृतिमुखी जीवनशैली अवलम्बन गर्न राष्ट्रपतिको आह्वान

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रकृतिमुखी जीवनशैली अवलम्बन गर्नुपर्नेमा जोड दिएका छन् ।

राइड शेयरिङमा जसरी केन्द्रले प्रदेशलाई हस्तक्षेप गर्न थाल्यो भने कसरी चल्छ ?

काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता डा शेखर कोइरालाले वर्तमान सरकार गठनका बेला

पारिवारिक तनावमा परेकोले हो सामाजिक सञ्जालमा मुख छाड्नेः प्रधानमन्त्री ओली

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले स्वदेशमै उद्यमशीलता र रोजगारी सृजना गर्ने युवाका साथमा

राज्यका संरचना समावेशी बनाउन राजनीतिक दल समावेशी हुनुपर्छः सभापति देउवा

ललितपुर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दलीय व्यवस्थामा दल आफैँ समावेशी नभएसम्म