तीनकुने घटनामा ज्यान गुमाएका सविन महर्जनकी छोरीलाई निःशुल्क शिक्षा दिने कांग्रेस कोषाध्यक्षको प्रतिबद्धता



पाटन । तीनकुने घटनामा ज्यान गुमाएका सविन महर्जनकी छोरीलाई नेपाली कांग्रेसका कोषाध्यक्ष उमेश श्रेष्ठद्वारा निःशुल्क शिक्षाको प्रबन्ध गर्ने प्रतिबद्धता जनाएका छन्।

कोषाध्यक्ष श्रेष्ठले मृतक श्रेष्ठको परिवारको आर्थिक अवस्था कमजोर भएको जानकारी पाएकाले उनको छोरीलाई कक्षा १२ सम्म निःशुल्क शिक्षाको प्रबन्ध गरिएको जानकारी गराए ।

‘सविनको परिवारसँग छलफलपछि उनीहरूको आर्थिक अवस्था कमजोर रहेको थाहा भयो, राम्रो विद्यालयमा पढाउने इच्छा रहेछ, इच्छाअनुसार महर्जनकी आठ वर्षीया छोरीलाई कीर्तिपुरको ल्याबोरेटरी स्कुलमा कक्षा १२ सम्म निःशुल्क अध्ययन गर्ने व्यवस्था गरेको छु । विद्यालय प्रशासन र कीर्तिपुर नगरपालिकाका नगरप्रमुखसँगसमेत यस विषयमा कुरा भएको छ,’ उनले भने ।

नेता श्रेष्ठले लामो समयसम्म शैक्षिक क्षेत्रमा योगदान गर्दा धेरैलाई सहयोग गरेको बताउँदै आफ्नो अभिभावक गुमाएकी बालिकाको शिक्षादिक्षाका लागि मानवीयताका आधारमा सहयोग गर्ने बताए ।

नेपाल महिला सङ्घकी अध्यक्ष उषा राउत मिश्र र मानव अधिकार आयोगकी आयुक्त लीली थापाले आफूलाई मृतकका परिवारको बारेमा जानकारी गराउँदै आवश्यक व्यवस्थाका लागि अनुरोध गरेको कांग्रेस कोषाध्यक्ष श्रेष्ठले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कमलादी घटनामा वाइसिएललाई प्रचण्डले हिंसा भड्काउन उक्साहट गरेको राप्रपाको आरोप

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले माओवादी अध्यक्ष प्रचण्डले आफ्ना कार्यकर्तालाई हिंसा भड्काउन उक्साहट

गणतन्त्र र धर्म निरपेक्षताको विरोधमा आन्दोलन गर्ने दललाई कारबाही गर्न आयोगमा उजुरी

काठमाडौँ । संविधानबमोजिम निर्वाचन आयोगमा दर्ता भएका राजनीतिक दलबाट समेत संविधानको प्रस्तावनाविपरीत गणतन्त्र

गठबन्धन गराउने निर्वाचन प्रणालीले मुलुक ध्वस्त बनायोः महामन्त्री थापा

नेपालगञ्ज । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारले संविधान संशोधनको काम तत्काल सुरू

भिजिट भिसा प्रकरणको अनुसन्धान गृहमन्त्रीसम्म पुग्यो भने मात्र पद छाड्नुपर्छः महामन्त्री शर्मा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अहिले गृहमन्त्रीमाथि कुनै उजुरी नै नपरेकाले