सरकार प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताप्रति पूर्ण निष्ठावान् छ: प्रधानमन्त्री ओली



काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताप्रति पूर्ण निष्ठावान् रहेको बताएका छन्।

सार्वजनिक सेवा प्रसारण संस्था रेडियो नेपालको ७५औँ वार्षिकोत्सवका अवसरमा आज दिएको शुभकामना सन्देशमा उनले प्रेस स्वतन्त्रताप्रतिको सरकारको निष्ठा व्यवहारसिद्ध रहेको दाबी गरेका छन्।

समाजको महत्त्वपूर्ण अंगको भूमिका पाएको प्रेस जगत्‌ले राष्ट्रियता, लोकतन्त्र, सुशासन र विकासलाई सहयोग पुग्नेगरी जिम्मेवार भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिँदै प्रधानमन्त्री ओलीले राष्ट्र निर्माणको अभिभारा पूरा गर्न सरकारले अघि सारेका सामाजिक परिवर्तन, विकास, सुशासन, स्वच्छता र पारदर्शिताको अभियानलाई जनसमक्ष विस्तार गर्न रेडियो नेपालले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरेका छन्।

सन्देशमा प्रधानमन्त्री ओलीले भनेका छन्, ‘नेपालको राजनीतिक जागरणमा रेडियो नेपालको ठूलो योगदान रहेको छ। रेडियो नेपालले अब देश विकासका निम्ति सिर्जनात्मक रूपमा आमनागरिकलाई सुसूचित गर्नुपर्ने बेला आएको छ। अब हाम्रा सूचना र सन्देश रोजगारी सिर्जनासँगै नवीन प्रविधिका माध्यमबाट देश विकासको गतिलाई अगाडि बढाउँदै आर्थिक समृद्धिको यात्रामा केन्द्रित हुनुपर्छ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राष्ट्र बैंकको गभर्नर नियुक्तिमा आम नागरिकको चासो छः महामन्त्री थापा

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले मुलुकको अर्थतन्त्रको विकासका लागि सरकारले केही

चुनावबाट जनमत सावित गरेर चाहेजस्तो व्यवस्था ल्याउन पूर्वराजालाई विश्वप्रकाशको चुनौती

झापा ।  नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले चुनावबाट जनमत सावित गरेर चाहेजस्तो व्यवस्था

दक्ष जनशक्ति तयार गर्दै विकासको गति तीव्र बनाउनुपर्छः प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले थाइल्याण्डको पहिलो औपचारिक भ्रमणबाट नेपालमा लगानी र

एमाले महासचिव भन्छन्-संविधान कार्यान्वयनमा पूर्वराजाका गतिविधि बाधक

काठमाडौं । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले संविधान र व्यवस्थामाथि चुनौती दिने गरी