मुलुकलाई नयाँ सिराबाट अगाडि बढाउनुपर्ने छ : महासचिव पोखरेल



काठमाडौं । नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले मुलुकलाई कसरी बनाउने भन्ने विषयमा अब नयाँ सिराबाट छलफल गर्नुपर्ने बताएका छन् ।

राष्ट्रिय युवा सङ्घ नेपालको स्वयंसेवक भेलालाई बुधबार सम्बोधन गर्दै उनले नयाँ सिराबाट मुलुक अगाडि बढाए मात्र विकास हुने बताए ।

महासचिव पोखरेलले एमाले सरकारमा रहेको समयमा देशको विकास नयाँ ढङ्गले अघि बढेको भन्दै मुलुकमा सामाजिक अराजकता, दक्षिणपन्थी अराजकतालाई पराजित गर्न आवश्यक रहेको बताए ।

कतिपयले पञ्चायत शासन कालमा पनि मुलुकमा राम्रो काम भएको भ्रम फिजाउने प्रयास गरिरहेका भन्दै महासचिव पोखरेलले यस्तो भ्रमको खेती गरेर राजतन्त्रको पक्षमा जनमत बनाउन सकिन्छ भन्ने सपना नदेख्न आग्रह गरे ।

उनले राजतन्त्रको बेलामा भन्दा गणतन्त्र आएपछि नेपाली समाजमा आर्थिक, सामाजिक र सांस्कृतिक क्षेत्रमा उल्लेख्य प्रगति भएको भनाइ राखे । एमालेले अलोकतान्त्रिक गतिविधि बढेको भन्दै उनले गणतन्त्रको पक्षमा जनमत सिर्जना गर्नका लागि जनचेतना अभियान घोषणा गरेको छ ।

घोषणाअनुसार काठमाडौँसहित मुलुकका प्रमुख सहरमा यही चैत १८ गते धनगढी, सुर्खेत, बुटवल, पोखरा, वीरगञ्ज र दमकमा मोटरसाइकल र्‍याली आयोजना गरिएको छ । सोही र्‍यालीलाई सफल बनाउनका लागि भेलाको आयोजना गरिएको थियो । भेलामा युवा सङ्घका अध्यक्ष क्षितिज थेवेले मुलुकमा अराजकता बढेकाले युवा वर्ग सचेत हुनुपर्ने बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राजावादीहरुको हिंसात्मक गतिविधिविरुद्ध एकीकृत समाजवादीले चैत २५ गते देशव्यापी भण्डाफोर गर्ने

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले शुक्रबार राजावादीहरुले काठमाडौंमा अराजकत गतिविधि गरेको भन्दै त्यसलाई

दुर्गा प्रसाईंले सुरक्षाकर्मीलाई भने-तपाईंहरूलाई पुगेको चोटमा म क्षमा चाहन्छु, दुर्गा प्रसाईं तपाईंहरूबाट टाढा छैन

काठमाडौं । राजावादी प्रदर्शनका ‘कमान्डर’ दुर्गा प्रसाईंले आफू नभागेको बताएका छन् । आइतबार

प्रतिनिधिसभा बैठकमा सत्ता र प्रतिपक्षी विरोधमा उत्रिएपछि…(भिडियो)

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठक १५ मिनेटका लागि स्थगित भएको छ । सभामुख

प्रधानमन्त्री र प्रचण्डबीच टेलिफोन संवाद, सदन संचालनका लागि सहयोग गर्न ओलीको आग्रह

काठमाडौँ । सभामुख देवराज घिमिरेले शुक्रबार तीनकुनेमा भएको घटना लोकतन्त्रमाथिको प्रहार भएकाले संसद्मा