केबलकार विवाद समाधान गर्न नेता शर्माको सुझाव



ताप्लेजुङ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का नेता जनार्दन शर्माले पाथीभरामा निर्माणाधीन केबलकार परियोजना विवाद समाधान गर्न सरकारलाई सुझाएका छन् ।

प्रेस सेन्टरले फुङलिङमा शनिबार आयोजना गरेको पत्रकार सम्मेलनमा उनले यस्तो सुझाव दिएका हुन् ।

‘पाथीभरा राष्ट्रको धार्मिक धरोहर हो, यसको संरक्षण र व्यवस्थापन सरकार, स्थानीय समुदाय तथा सरोकार भएका सबैको संयुक्त जिम्मेवारी हो,’ उनले भने ।

हाल पाथीभरा केबलकार निर्माणलाई लिएर स्थानीय समुदायका केही समूहले विरोध जनाएका छन् । पूर्वमन्त्रीसमेत रहेका शर्माले विवाद समाधानका लागि संवाद, सहकार्य र समन्वय आवश्यक रहेको भन्दै सरकारलाई स्थानीय समुदायको भावनाअनुसार अघि बढ्न सुझाव दिए ।

स्थानीय सहमति प्रमुख आवश्यकता भएको उल्लेख गर्दै नेता शर्माले सबै पक्षको चासोलाई सम्बोधन गर्नुपर्नेमा जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
ओली, देउवा र प्रचण्ड संक्रमणकालीन न्याय टुंग्याउन फेरि सिफारिस समिति गठन गर्न सहमत

काठमाडौं । प्रमुख तीन दल बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन, सत्य निरूपण तथा मेलमिलाप

प्रमुख तीन दलका शीर्ष नेता छलफलमा, संक्रमणकालीन न्याय मुख्य एजेण्डा

काठमाडौँ । तीन दलका शीर्ष नेताहरुबीच सङ्क्रमणकालीन न्यायलगायत समसामयिक विषयमा छलफल भएको छ

दिगो विकासका लक्ष्य प्राप्त गर्न महिला सशक्तीकरण जरुरी छः मन्त्री यादव

काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाहरूमा महिला नेतृत्व अझै

नेपाली कांग्रेसको विज्ञान तथा सूचना प्रविधि विभागमा १० जना सदस्य मनोनीत

काठमाडौं। नेपाली कांग्रेसको विज्ञान तथा सूचना प्रविधि विभागमा १० जना सदस्य मनोनीत भएका