सुशासन प्रवर्द्धनसम्बन्धी अध्यादेश प्रतिनिधिसभाबाट स्वीकृत



काठमाडौं । सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश प्रतिनिधिसभाबाट स्वीकृत भएको छ। विपक्षी दल नेकपा एकीकृत समाजवादीका सांसद भानुभक्त ढकालले उक्त अध्यादेश अस्वीकृत होस् भनेर राखेका प्रस्ताव अस्वीकृत भएपछि अध्यादेशलाई निर्णयार्थ सभामा प्रस्तुत गरिएकाे थियाे। जसलाई बहुमतले स्वीकृत गरेकाे हाे।

त्यसअघि अस्वीकृतिका लागि राखिएकाे प्रस्तावमा विपक्षी दलका नेताहरूले धारणा राखेका थिए । जसमा प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रलगायत राप्रपा, रास्वपा, नेमकपा र आम जनता पार्टीले अध्यादेश अस्वीकृत हुनुपर्ने मत दिएका थिए।

त्यसपछि त्यसमाथि उठेको प्रश्नमा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले जवाफ दिएका थिए। मन्त्रीकाे जवाफपछि पनि सांसद ढकालले फिर्ता नलिएपछि अस्वीकृत होस् भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गरिएको थियो । त्यो प्रस्ताव अस्वीकृत भएपछि अध्यादेश स्वीकृतिका लागि पेस गरिएकामा बहुमतले स्वीकृत गरेकाे हाे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अमेरिकाबाट नेपाली नागरिकलाई स–सम्मान स्वदेश फिर्ताको पहल गर्न सरकारको ध्यानाकर्षण

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले अमेरिकाबाट हालसम्म ३५ नेपाली नागरिक

अमेरिकी सहयोग क-कसले दुरूपयोग गरे श्वेतपत्र जारी गरियोस्ः सांसद खतिवडा

काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले अमेरिकाले दिएको सहयोग दुरुपयोग गर्नेको नाम

गोरखा भर्ती केन्द्रका बारेमा सरकारसँग कुरा भइरहेको छः सभापति देउवा

ललितपुर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालको हरेक लोकतान्त्रिक आन्दोलनमा भूतपूर्व सैनिकले

राष्ट्रियसभालाई राजनीतिक दलका कार्यकर्ता थन्क्याउने थलोका रुपमा हेरिनुहुँदैन

काठमाडौँ । सङ्घीय संसद्, राष्ट्रियसभाको सदस्य भएको एक वर्ष भयो । राष्ट्रियसभाको महत्व,