राजनीतिक स्थायित्वका लागि गठबन्धनको सरकार बनेको होः उपप्रधानमन्त्री सिंह



कर्णाली । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले राजनीतिक स्थायित्वका लागि नेपाली कांग्रेस र एमालेबीच गठबन्धन भएको बताएका छन् ।

प्रेस युनियन सुर्खेतद्वारा आइतबार सुर्खेत विमानस्थलमा आयोजित ‘पत्रकार भेटघाट’ कार्यक्रममा उनले मुलुकको विकास र जनताको चाहना अनुसार दुई ठूला दलबीचको गठबन्धनको सरकार बनेको बताए ।

उनका अनुसार अहिले देखिएका समस्या समाधान गर्दै जनताका चाहना र अपेक्षा पूरा गर्ने उद्देश्यसहित यो सरकार अगाडि बढिरहेको छ ।

उपप्रधानमन्त्री सिंहले भने, “विसं २०७२ मा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक समावेशी संविधान जारी गरिसकेपछि स्थानीय, प्रदेश र सङ्घको सबै निर्वाचन सम्पन्न भयो । यद्यपि राजनीतिक स्थायित्व हुन नसक्दा विकासका अपेक्षित काम उल्लेख्य गतिमा हुन सकेनन् । परिणामतः मुलुकका दुई ठूला दलबीचको गठबन्धनको सरकार बन्यो ।”

मन्त्री सिंहले मन्त्रालयगत कार्यसम्पादनको मूल्याङकन भइरहेको भन्दै लक्ष्य अनुसार काम गर्न सरकार निरन्तर अगाडि बढेको जनाए । अध्यादेश बलमिचाईबाट नआएको भन्दै संविधान कार्यान्वयनलाई प्रभावकारी बनाउन ल्याइएको उनले जिकिर गरे । आर्थिक अनुशासन कायम गर्ने उद्देश्यले वर्तमान सरकारले काम गरिरहेको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एमालेमा विदेश भ्रमण जानु पूर्व प्रायोजककाबारेमा जानकारी दिनुपर्ने

  काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले पार्टीको जनसङ्गठनको केन्द्रीय कमिटी सदस्यको सङ्ख्या

देशले अब यही परिस्थिति थेग्न सक्दैन, नयाँ समझदारी गर्नुपर्छः अध्यक्ष लिङ्देन

सुदूरपश्चिम । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनले देशको अवस्था थप बिग्रिन

सरोकारवालासँग छलफल गरेर पाथीभरामा केबलकार निर्माण प्रक्रिया अघि बढाउन सहज वातावरण तयार गर्ने एमालेको निर्णय

काठमाडौँ । नेकपा एमालेले पाथीभरामा केबलकार निर्माणका लागि सरोकारवाला सबै पक्षसँग छलफल गर्ने

राष्ट्रियसभाबाट नेपाल कानुन व्यवसायी परिषद् विधेयक सर्वसम्मतिले पारित

काठमाडौँ । ‘नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१’ राष्ट्रियसभाबाट सर्वसम्मतिले पारित