जसपा नेपालले बोलायो केन्द्रीय समिति बैठक
काठमाडौँ । जनता समाजवादी पार्टी, (जसपा) नेपालले केन्द्रीय समितिको बैठक बोलाएको छ । ललितपुर भोलढोकास्थित ज्यापू प्रज्ञा भवनमा यही फागुन १८, १९ र २० गते बिहान ११ बजे बस्ने गरी केन्द्रीय समितिको बैठक आह्वान गरिएको पार्टीका प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।
उनले भने, “बैठकमा गत भदौदेखि पार्टीले सञ्चालन गरेको ‘जनतासँग जसपा नेपाल, आधारभूत सङ्गठन निर्माण अभियान’ को समीक्षा हुने छ ।” बैठकमा पालिका समितिको जिम्मेवारीमा खटाइएका केन्द्रीय अभियन्ताहरूले आ–आफ्नो कार्यक्षेत्रमा भएका कार्यप्रगति विवरणको प्रतिवेदन प्रस्तुत गर्ने कार्यक्रम रहेको सो पार्टीले जनाएको छ ।
यसैगरी वर्तमान राजनीतिक परिस्थिति र पार्टीको सङ्गठनात्मक कार्ययोजनालगायत एजेण्डामा बैठक केन्द्रित रहने बस्नेतले बताए ।