विचार तथा सिद्धान्त मिल्ने वामपन्थी शक्तिबीच चाँडै एकता हुन्छः उपमहासचिव पुन



खोटाङ । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुनले सशस्त्र सङ्घर्षकै जगमा समानताको मुद्दा स्थापित भएको बताएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) खोटाङ र दिलकाजी–ठूलकुमार स्मृति प्रतिष्ठानले बिहीबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै पुनले २०५२ साल फागुन १ मा माओवादीले सुरु गरेको सशस्त्र सङ्घर्षलाई इतिहासले स्वीकार गरिसकेको बताएका हुन् ।

उनले भने, “सशस्त्र सङ्घर्षकै जगमा भएको जनआन्दोलनपछि संविधानसभाबाट संविधान जारी भएको छ । समानताको मुद्दा संविधानमा लिपिबद्ध भएको छ ।”

पुनले विचार तथा सिद्धान्त मिल्ने वामपन्थी शक्तिबीच चाँडै एकता हुनेसमेत बताए । उनले आगामी २०८४ सालको निर्वाचनमा माओवादी केन्द्र एक्लै चुनाव लड्नेगरी तयारीमा जुटेको जानकारी दिए ।

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य रामकुमार राई, केन्द्रीय सदस्य एवं संविधानसभा सदस्यहरु समिता कार्की र दुर्गाजयन्ती राई, प्रदेश सदस्य टङ्क थापा, प्रदेश सदस्य एवं खोटेहाङ गाउँपालिका पार्टी सहइञ्चार्ज इन्द्र नाराथुङ्गेलगायतले सम्बोधन गरेका थिए ।

कार्यक्रममा सहिद, बेपत्ता परिवार, घाइते तथा अपाङ्ग, जनमुक्ति सेना, पूर्णकालीन कार्यकर्तालगायतलाई सम्मान गरिएको थियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेत्र चापागाईंलाई पराजित गर्दै नेपाल समाजवादी पार्टीको अध्यक्षमा बाबुराम भट्टराई निर्वाचित

काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को अध्यक्षमा डा. बाबुराम भट्टराई निर्वाचित

प्रधानमन्त्रीसँग नेपालका लागि फ्रान्सका राजदूतको शिष्टाचार भेट

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि फ्रान्सका राजदूत भर्जिनिइ कोर्टेभालले बिहीबार

रासायनिक मल आपूर्ति र वितरणलाई छिटोछरितो र पारदर्शी बनाउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले किसानलाई रासायनिक मलको अभाव हुन नदिन र

बालविवाह सामाजिक समस्या र कानुनी अपराध होः मुख्यमन्त्री कार्की

  मोरङ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बालविवाह सामाजिक समस्या र कानुनी