कांग्रेसको नीति प्रतिष्ठानमा प्रशिक्षण र अनुसन्धान निर्देशक नियुक्त



काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमा प्रशिक्षण र अनुसन्धानतर्फ निर्देशक नियुक्त भएका छन् ।

उपसभापति पूर्णबहादुर खड्का नेतृत्वमा रहेको प्रतिष्ठानमा बुधबार प्रशिक्षणतर्फ निर्देशकमा कास्कीका कृष्णप्रसाद पौडेल र अनुसन्धानतर्फ निर्देशकमा चितवनका सञ्जय महतो थारू नियुक्त भएका हुन् ।

प्रतिष्ठान प्रमुख उपसभापति खड्काले कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ३६ तथा कांग्रेसको नियमावली, २०७६ को परिच्छेद १२, नियम ३३ बमोजिम गठित केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको निर्देशकहरू नियुक्त गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
त्रिवि पदाधिकारीको अफिस तोडफोड गर्ने नेविसंघका कार्यकर्तालाई किन हुँदैन ?

-सुमना श्रेष्ठ । म शिक्षाका चार विषयमा प्रधानमन्त्री र शिक्षामन्त्रीबाट जवाफ चाहन्छु ।

न्यायपालिकाप्रति जनआस्थामा अभिवृद्धि गर्ने काममा सर्वोच्च अदालतको अर्जुनदृष्टि हुनुपर्छ : राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले न्यायमा आम नागरिकको पहुँच सुनिश्चित गराई निष्पक्ष, छरितो,

राजावादीको जुलुस ठूलो घटना घटाउने कुचेष्टा भएको समाजवादी मोर्चाको ठहर

काठमाडौँ । समाजवादी मोर्चा नेपालले पछिल्लो विकासित राजनीतिक घटनाक्रमबारे नागरिक समाज, बुद्धिजीवी, विभिन्न

लोकतन्त्र कार्यान्वयनका लागि काम गर्नुपर्छ : सांसद यादव

काठमाडौँ । जसपा नेपालका सांसद राजकिशोर यादवले लोकतन्त्र कार्यान्वयनका लागि काम गर्नुपर्ने बताएका