पुराना दलले संसदीय अभ्यास बिर्सिएका सांसद झाको आरोप



काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले पुराना दलले नै संसदीय अभ्यास बिर्सेको आरोप लगाएका छन् ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा दलगत रूपमा धारणा राख्ने क्रममा सांसद झाले संसद्लाई प्रभावकारी बनाउन नसक्नुमा सत्तारुढ दलकै कमजोरी रहेको बताएका हुन् ।

‘आज संसदमा नयाँ योजना, नीतिबारे छलफल होस् र आफ्ना विचार राख्न पाइयोस् भन्ने चाहना थियो तर पुराना दलहरूको शैलीका कारण संसद्कै प्रभावकारिता माथि प्रश्न छन्’, उनले भने, ‘सदनको आफ्नै विशिष्ट महत्व र गरिमा छ । यहाँ सङ्ख्या होइन सिद्धान्त महत्वपूर्ण हो । तपाईहरू हामीलाई सदनमा अराजक नहोउ भन्नुहुन्छ, हामी भएका छैनौँ । हामीले सदन अवरोध गरेका छैनौँ ।’

भ्रष्टाचार निवारण र सुशासन कायम गर्ने सवालमा नेपाल थप कमजोर हुँदै गएको पनि उनले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
लोकप्रियतावाद र अतिवादको शिकारमा नेपाल पर्ने खतरा छः एमाले

काठमाडौं । नेकपा एमालेले जनताका असन्तुष्टि भड्काउने प्रयास भइरहेको बताएका छन् । शुक्रबारको

कांग्रेस नबाहिरिएसम्म सरकार ढल्दैनः प्रमुख सचेतक घिमिरे

काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले अहिले देशमा अशान्ति मच्चाउने तत्वहरुले

कानुन निर्माणमा ढिलाइ हुँदा नागरिकमा असन्तुष्टि देखियोः सभामखु घिमिरे

काठमाडौँ । प्रतिनिधिसभाको छैठौँं अधिवेशनको पहिलो बैठक सुरु भएको छ । शुक्रबारको बैठकमा

सत्ता गठबन्धनमा कुनै खटपट नरहेको देउवाको दाबी

काठमाडौं । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले सत्ता समीकरणमा फेरबदल नहुने बताएका छन्