पुराना दलले संसदीय अभ्यास बिर्सिएका सांसद झाको आरोप



काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले पुराना दलले नै संसदीय अभ्यास बिर्सेको आरोप लगाएका छन् ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा दलगत रूपमा धारणा राख्ने क्रममा सांसद झाले संसद्लाई प्रभावकारी बनाउन नसक्नुमा सत्तारुढ दलकै कमजोरी रहेको बताएका हुन् ।

‘आज संसदमा नयाँ योजना, नीतिबारे छलफल होस् र आफ्ना विचार राख्न पाइयोस् भन्ने चाहना थियो तर पुराना दलहरूको शैलीका कारण संसद्कै प्रभावकारिता माथि प्रश्न छन्’, उनले भने, ‘सदनको आफ्नै विशिष्ट महत्व र गरिमा छ । यहाँ सङ्ख्या होइन सिद्धान्त महत्वपूर्ण हो । तपाईहरू हामीलाई सदनमा अराजक नहोउ भन्नुहुन्छ, हामी भएका छैनौँ । हामीले सदन अवरोध गरेका छैनौँ ।’

भ्रष्टाचार निवारण र सुशासन कायम गर्ने सवालमा नेपाल थप कमजोर हुँदै गएको पनि उनले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बीआरआईमार्फत नेपाल-चीन सहकार्य अझै मजबुत हुँदै गएको छः सभामुख घिमिरे

काठमाडौँ । सभामुख देवराज घिमिरेले नेपालको दिगो विकासका लागि चीनसँगको सहकार्यलाई अझ प्रभावकारी

उपसमिति बनाएर भएपनि तत्काल विद्यालय शिक्षा विधेयक पारित गर्नुपर्छः प्रचण्ड

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले

कहिले अमेरिकी साम्राज्यवादसँग जुध्यो, कहिले भारतीय विस्तारवादसँग सुरुङ युद्ध लड्यो, केही नभए पूर्वराजासँग !

नारायण गाउँले । विश्वभर ट्रम्पको ‘ट्यारिफ’ले भूकम्प ल्याएको छ । चीनदेखि युरोप र

पूर्वविशिष्टलाई सुविधा थप्ने सरकारको मनसाय छैनः उपप्रधानमन्त्री सिंह

पाल्पा । उपप्रधान एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले पूर्व विशिष्टलाई सुविधा थप्ने