पार्टी सङ्गठन बलियो बनाउन सबै कार्यकर्ता सकारात्मक सोचसहित अघि बढ्नुपर्छः परराष्ट्रमन्त्री राणा



 

सुदूरपश्चिम । परराष्ट्रमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा आरजु राणा देउवाले पार्टी सङ्गठन बलियो बनाउन सबै कार्यकर्ता सकारात्मक सोचसहित अघि बढ्नुपर्ने बताएकी छन् ।

शुक्रबार धनगढीमा आयोजित नेपाली कांग्रेस कैलालीको दोस्रो जिल्ला अधिवेशनमा उनले पार्टीको नीति एवं मार्गदर्शनबमोजिम सकारात्मक सोचसहित पार्टी सङ्गठनमा बलियो बनाउँदै समृद्ध मुलुक निर्माण गर्ने अभियानमा लाग्न सबैलाई आग्रह गरेकी हुन् ।

सामाजिक सञ्जालको दुरुपयोग गरी ‘यो देशमा केही पनि भएको छैन’ भन्ने जस्ता सन्देश दिने प्रवृत्ति बढिरहेकाले त्यस्ता नकारात्मक सन्देशलाई सबैले बहिष्कार गर्दै जानुपर्ने धारणा राखिन् ।

उनले सामाजिक सञ्जालको सही सदुपयोग गर्दै ज्ञान, सीप र विचार आदानप्रदान गर्न सबैलाई आग्रह गरिन् । परराष्ट्रमन्त्री डा राणाले हमासको नियन्त्रणमा रहेका विपिन जोशीको रिहाइका लागि आफूले निरन्तर प्रयास गरिरहेको जानकारी दिइन् ।

कांग्रेसका केन्द्रीय सदस्य एवं पार्टीले थालेको सयदिने अभियान कैलाली प्रतिनिधि योगेन्द्र चौधरीले देशका जातजाति, विभिन्न वर्ग र समुदाय, भाषाभाषीका लागि कांग्रेस साझा पार्टीका रूपमा रहेको धारणा राखे । उनले कांग्रेसकै नेतृत्वमा कमैयाप्रथा र दासप्रथाको उन्मूलन भएको इतिहास स्मरण गरे ।

उनले आगामी २०८४ को निर्वाचनमा तीनै तहमा बहुमत ल्याएर आफ्नो नीति कार्यक्रममार्फत जनताको मुहार फेर्ने अभियानमा पार्टी रहेकाले आवश्यक समन्वय र सहकार्य गर्न सम्पूर्ण पार्टी कार्याकर्तालाई आग्रह गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपाल–भारत सम्बन्धको लाभ ‘आईटी’ क्षेत्रमार्फत लिनुपर्छ : सञ्चारमन्त्री गुरुङ

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपाल र भारतबीचको प्रगाढ सम्बन्धको

मुलुकमा समाजवादी क्रान्तिको सुरुवात भएको छः अध्यक्ष प्रचण्ड

धुलिखेल । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मुलुकमा समाजवादी क्रान्तिको

सरकारले नयाँ पुस्तालाई विदेश जान नपर्ने वातावरण सृजना गर्नसक्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले शिक्षा राष्ट्र निर्माण र विकास मूल खम्बा हुनुपर्ने बताएका

प्रधानमन्त्रीद्वारा सातै प्रदेशका मुख्यमन्त्रीहरुसँग साढे दुई घण्टा भर्चुअल संवाद

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सेवा प्रवाह, सुशासन, समग्र प्रगति, विद्यमान चुनौती