अध्यादेशबाट शासन गर्ने क्रम रोकिनुपर्छः उपमहासचिव पुन



काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले अध्यादेशबाट शासन गर्ने क्रम रोक्न माग गरेका छन् ।

प्रतिनिधिसभाको बिहीबारको बैठकको विशेष समयमा उनले संसद्का समितिमा छलफलमा रहेका बेला प्रक्रिया पूरा नगरी अध्यादेश ल्याइएकामा आपत्ति जनाए ।

सांसद पुनले संसदको अवहेलना सहेर बस्ने अवस्था नहुने उल्लेख गर्दै सबै दलले आत्मसमीक्षा गरेर अघि बढ्नुपर्नेमा जोड दिए । महँगी र व्यापार घाटा बढेकाले यस्ता जनसरोकारका मुद्दामा सरकारको ध्यान जान नसकेको बताए ।

प्रमुख प्रतिपक्षी दलको नेताले संसदमा बोल्दा प्रधानमन्त्री उपस्थित हुनुपर्ने संसदीय संस्कृतिलाई भुल्न थालिएकामा उनले आपत्ति जनाए । नेपाल स्टक एक्सचेञ्जको पुनर्संरचना गरिनुपर्ने सांसद पुनको माग थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मुलुक समृद्ध बनाउन अध्यादेश ल्याइएको होः सांसद पन्त

काठमाडौँ । नेकपा एमालेका सांसद रघुजी पन्तले मुलुक समृद्ध बनाउन अध्यादेश ल्याइएको बताएका

नेता कार्यकर्तालाई पार्टीको विधि र पद्धतिबाहिर अभिव्यक्ति नदिन एकीकृत समाजवादीको निर्देशन

  काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले पार्टीको विधि र पद्धतिबाहिर

रविलाई ५४ लाख धरौटीमा रिहा गर्न जिल्ला अदालत चितवनको आदेश

चितवन । जिल्ला अदालत चितवनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई ५४ लाख

प्रेम विवाह गरेका नेहा र सत्येन्द्रको सुरक्षा सरकारले गर्छः गृहमन्त्री लेखक

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले प्रेम विवाह गरेका सर्लाहीको बरहथवाका नेहा रौनियार र