देश विकास सरकारको प्रमुख लक्ष्य होः मन्त्री पाण्डे



ढोरपाटन । संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री बद्रीप्रसाद पाण्डेले वर्तमान सरकारको प्रमुख लक्ष्य विकास भएको बताएका छन् ।

शनिबार बिहान नेपाली कांग्रेसले आयोजना गरेको कार्यकर्ता भेटघाटमा उनले देश र जनतालाई केन्द्रमा राखेर सरकारले काम गरिरहेको बताए ।

वर्तमान सरकार गठनपछि मुलुकको अर्थतन्त्रमा क्रमशः सुधार भएको उल्लेख गर्दै उनले पर्यटनको विकासबाट देशलाई आर्थिक विकासको बाटोमा अग्रसर गराउन सकिने बताए ।

उनले सत्ता साझेदार दलबीच कुनै समस्या नभएको तथा राजनीतिक स्थायित्व कायम गर्न वर्तमान सरकार बनेको बताए ।

बागलुङ कालिका, पञ्चकोट र मुक्तिनाथ क्षेत्रका कारण धौलागिरि अञ्चलमा धार्मिक पर्यटन प्रवद्र्धनको प्रचुर सम्भावना रहेको मन्त्री पाण्डेले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘सरकार नजिकका भ्रष्टाचारीलाई जोगाउन लाग्यो’

अर्घाखाँची । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले वर्तमान सरकार भ्रष्टाचार नियन्त्रण

भ्रष्टाचारमा नातावाद, कृपावाद र पार्टीको साइनो लगाएर धेरैलाई जोगाइएको छ

काठमाडौँ । सुमना श्रेष्ठ प्रतिनिधि सभा सदस्य एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सहमहामन्त्री

भीमदत्त नगरपालिकाका कांग्रेस सभापति कलौनी मृत फेला

धनगढी । कञ्चनपुरमा नेपाली कांग्रेसका नगर सभापति अच्युत कलौनी मृत फेला परेका छन्

क्रान्तिकारीको नेतृत्व निर्माणलाई चुनावी विधिद्वारा हल गर्नु माओवादीको लागि एउटा ‘ब्रेक थ्रु’ हो

-हिमाल शर्मा अनेरास्ववियू (क्रान्तिकारी)को फ्राक्सन ईन्चार्जको हैसियतमा आफ्नो एउटा जिम्मेवारी पुरा भएकोमा खुसी