राप्रपाले पृथ्वी जयन्तीमा महेन्द्र सालिकदेखि पृथ्वी सालिकसम्म एकता र्‍याली गर्ने



काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले ३०३औँ पृथ्वी जयन्तीका अवसरमा यही पुस २७ गते दरबारमार्गस्थित महेन्द्र सालिकदेखि सिंहदरबार अगाडि रहेको पृथ्वी सालिकसम्म राष्ट्रिय एकता र्‍याली गर्ने भएको छ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, पूर्वअध्यक्ष पशुपतिशम्शेर राणा, डा प्रकाशचन्द्र लोहनीलगायत नेताहरू पनि र्‍यालीमा सहभागी हुने कार्यक्रम रहेको सो पार्टीका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले जानकारी दिए।

उनका अनुसार विभिन्न वेशभूषा र झाँकीसहितको हुने र्याली पृथ्वी सालिकमा पुगेर नेताहरूले राष्ट्रनिर्माताको सम्मानमा पुष्पगुच्छा चढाउने कार्यक्रम छ। सोही दिन राप्रपाले पृथ्वी जयन्तीका अवसरमा चियापान कार्यक्रमको आयोजना गरेको छ।

राप्रपाले चियापानमा प्रधानमन्त्री, मन्त्रिपरिषद्का सदस्यहरू, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, विभिन्न राजनीतिक दलका अध्यक्ष तथा नेता, पूर्वप्रधानमन्त्री, संवैधानिक निकायका प्रमुख, विदेशी कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधि, सुरक्षा निकायका प्रमुख, विभिन्न पेशागत स्घसंस्थाका प्रमुख, कलाकार, खेलाडीलगायत सामाजिक जीवनका विभिन्न व्यक्तिहरूलाई निमन्त्रणा पठाएको प्रवक्ता श्रेष्ठले बताए।

प्रवक्ता श्रेष्ठले भने, ‘आम निर्वाचनपछि राप्रपासमेत सहभागी प्रचण्ड नेतृत्वको सरकारले पृथ्वी जयन्तीका दिन सार्वजनिक बिदा निर्णय गरेको थियो। राप्रपाले विसं २०६३ देखि हरेक वर्ष पृथ्वी जयन्तीका अवसरमा चियापान कार्यक्रम गर्दै आइरहेको छ।’

यसैगरी पृथ्वी जयन्तीकै अवसरमा राप्रपासम्बद्ध प्राज्ञिक परिषद्ले यही पुस २५ गते काठमाडौंमा राष्ट्र निर्माणमा पृथ्वीनारायण शाहको योगदानका बारेमा विचारगोष्ठीको आयोजना गरेको सो पार्टीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अर्थतन्त्र सुधारका लागि सरकारले विशेष जोड दिनुपर्छः महामन्त्री थापा

गण्डकी । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अर्थतन्त्र सुधारका लागि सरकारले विशेष जोड

लोसपाद्वारा विभिन्न पार्टीसँग वार्ताका लागि समिति गठन

  काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले कार्यगत एकता एवं राजनीतिक मुद्दा

प्रधानमन्त्री लगातार पाँच वर्ष नटिक्ने अवस्था अन्त्य गर्नेगरी संविधान संशोधन गर्नुपर्छः महामन्त्री शर्मा

झापा । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले जनताको लोकप्रिय मत प्राप्त गर्ने राजनीतिक

माओवादीको पूर्वराजावादीहरूसँग उठबस बाक्लियोः केपी ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नयाँ सरकार गठनपछि राजनीतिक स्थायित्वको