एमालेलाई राष्ट्रिय शक्ति बनाउने अभियानमा लाग्न महासचिव पोखरेलको आग्रह



नेपालगंज । नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमालेलाई सबल राष्ट्रिय शक्ति बनाउने अभियानमा लाग्न पार्टी कार्यकर्तालाई आग्रह गरेका छन्।

एमाले नेपालगञ्ज उपमहानगरपालिका कमिटीले मंगलबार आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा उनले समृद्धिका लागि बहुमतको सरकार आवश्यक पर्ने बताए।

महासचिव पोखरेलले ‘मिसन ८४’अन्तर्गत एमालेलाई राष्ट्रिय शक्ति बनाउन सबै तहका नेता तथा कार्यकर्ताको सक्रिय भूमिका आवश्यक पर्नेमा जोड दिए। मिसन ८४ मा केन्द्रित भएर काम गर्न उनले निर्देशन पनि दिए।

महासचिव पोखरेलले विश्वका अन्य देशमा एउटै राजनीतिक दल र नेताले दुई–तीन कार्यकाल सरकारको नेतृत्व गरिरहेको अवस्थामा नेपालमा भने सरकारले पूर्ण कार्यकाल सेवा गर्न नपाउँदा प्रमुख दुई दलबीच सहकार्य हुनु असामान्य नभएको टिप्पणी गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राप्रपाले पृथ्वी जयन्तीमा महेन्द्र सालिकदेखि पृथ्वी सालिकसम्म एकता र्‍याली गर्ने

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले ३०३औँ पृथ्वी जयन्तीका अवसरमा यही पुस २७

ईश्वर पोखरेलको कृति  ‘आमा, सपना र  ताराहरू’ विमोचन

  काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले साहित्य लेखनमार्फत सर्जकले आफ्ना सृजना देश र

अन्य दलसँग छलफल गरी संसद अधिवेशन आह्वान गर्न माओवादीले सरकारलाई दवाव दिने

काठमाडौं । नेकपा माओवादी केन्द्रले संसद अधिवेशन बोलाउन सरकारलाई दवाव दिने भएको छ

पूर्वराष्ट्रपति भण्डारीलाई राजनीतिभन्दा पर बसेर सामाजिक परिवर्तनको नायक बन्न विश्वप्रकाशको सुझाव

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई सामाजिक अभिभावकको भूमिका