अमेरिकी पूर्वराष्ट्रपति कार्टरको निधनप्रति राष्ट्रपति पौडेलद्वारा दुःख व्यक्त



 

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संयुक्त राज्य अमेरिकाका पूर्वराष्ट्रपति जिम्मी कार्टरको निधनप्रति दुःख व्यक्त गरेका छन् ।

राष्ट्रपति पौडेलले सामाजिक सञ्जाल एक्समार्फत कार्टरको निधनप्रति दुःख व्यक्त गर्दै शान्ति, मानव अधिकार र परोपकारमा कार्टरको योगदान विश्वका लागि प्रेरणा बनेको उल्लेख गरेका छन् । राष्ट्रपति पौडेलले उनको परिवार र अमेरिकी जनताप्रति समवेदना समेत प्रकट गरेका छन् ।

अमेरिकाका ३९औँ राष्ट्रपति कार्टरको एक सय वर्षको उमेरमा आइतबार जर्जियाको सानो शहर प्लेन्समा रहेको आफ्नै घर होस्पिस केयरमा निधन भएको हो । उनीकी श्रीमती रोजालिनको सन् २०२३ नोभेम्बरमा ९६ वर्षको उमेरमा निधन भएको थियो ।

आफ्नो ८० को दशकमा कूटनीतिक मिसनहरू सञ्चालन गरेका कार्टरले ९० को दशकमा गरिबहरूका लागि घरहरू निर्माण गरेका थिए । पूर्वराष्ट्रपति कार्टरले नेपालमा पहिलो पटक भएको संविधानसभा निर्वाचनको पर्यवेक्षणका लागि नेपाल भ्रमण गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
प्रकाशमानलाई सांसद ज्वालाको आग्रहः गणेशमानको बदनाम गनुभो, माफी माग्नुस्

काठमाडौँ । नेकपा एकीकृत सामाजवादीका सांसद प्रकाश ज्वालाले उपप्रधान तथा सहरी विकास मन्त्री

मन्त्री र शीर्षस्त नेताहरूको जिल्लामा बजेट बढी विनियोजन गरेर विभेद गरियोः सांसद केसी

काठमाडौँ । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले बजेट सन्तुलिन नभएको बताएका छन् ।

सबै जनताका माग सम्बोधन हुने विषयमा संविधान संशोधन गर्न हिच्किचाउनु हुँदैनः सांसद शर्मा(अन्तरवार्ता)

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा सुनीलकुमार शर्मा मोरङ निर्वाचन क्षेत्र नं ३

तीनकुने घटना राज्यको आतंकका कारण भयोः सांसद जबरा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद धवलशमशेर जबराले चैत १५ गते काठमाडौंको तीनकुनेमा