मुलुकको समृद्धिको अभियानमा सहभागी हुनुस् : अध्यक्ष साह



काठमाडौं । आम जनता पार्टीका अध्यक्ष प्रभु साहले नेपाल विश्वमै गौरवशाली ज्ञानभूमि, शान्तिभूमि र तपोभूमि भएकाले समृद्धिको अभियानमा सहभागी हुन सबैलाई आह्वान गरेका छन् ।

उपत्यका विशेष कमिटीद्वारा आइतबार आयोजित पार्टीको दोस्रो स्थापना दिवस समारोहमा उनले आफ्नो राष्ट्रप्रति गौरव गर्ने जनतालाई उत्साहका साथ गोलबन्द गर्दै देश विकासको अभियानमा संलग्न हुन सबै तह र तप्कालाई आग्रह गरे ।

साहले भने, ‘नेपालमा अथाह प्राकृतिक स्रोतसाधन र कर्मशील जनशक्ति छ, यो सम्पत्ति र ऊर्जालाई देश निर्माणमा समावेश गर्नुपर्ने आजको आवश्यकता छ ।’

पार्टीका उपाध्यक्ष तिलकबहादुर थापा मगरले भ्रष्टाचार अन्त्य तथा सुशासन प्रवर्द्धनका लागि पार्टीले लिएको अभियान समाज बदल्न उन्नत र वैज्ञानिक भएकाले त्यसलाई अघि बढाउने कार्यमा साथ र सहयोग प्रदान गर्न आग्रह गरे ।

पार्टी प्रवक्ता चन्द्रभूषण साहले लोकतन्त्रलाई सुदृढ तुल्याउन, राज्यको ढुकुटी दुरुपयोग हुन नदिन तथा राजस्वको सही प्रयोग गर्न पार्टीले चालेको कदम समयसापेक्ष भएको दाबी गरे ।

उक्त पार्टीले अधिकार र पहिचानका मुद्दासँगै राज्यले जनतालाई बिजुली र पानी निःशुल्क वितरण गर्न तथा किसानलाई पेन्सनको व्यवस्था हुनुपर्ने माग गर्दैआएको छ ।

पार्टी स्थापना दिवसका अवसरमा विभिन्न जातजाति र समुदायको वेशभूषा भल्कने झाँकीसहितको र्‍याली महानगरपालिका परिक्रम गरी स्थापना दिवस समारोहमा पुगेको थियो । आम जनता पार्टी २०७९ पुस १४ गते स्थापना भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
विचाराधीन विधेयक आगामी अधिवेशनबाट पारित गर्न कांग्रेसको अपील

काठमाडौं । नेपाली कांग्रेसले संसद्मा विचाराधीन विधेयकलाई संसद्को आगामी अधिवेशनबाट पारित गर्ने गरी

नेपालले राष्ट्रिय हितलाई ध्यानमा राखेर बीआरआईमा प्रस्ताव लैजानुपर्छः पूर्वप्रधानमन्त्री खनाल

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले नेपालले राष्ट्रिय हितलाई ध्यानमा

प्रेस चौतारीको महाधिवेशन फागुन २३ गतेदेखि २५ सम्म गर्ने निर्णय

काठमाडौँ । प्रेस चौतारी नेपालले १०औँ महाधिवेशनमा फागुनमा गर्ने निर्णय गरेको छ ।

पार्टीलाई समुदाय केन्द्रित बनाउनुपर्नेमा नेपाली कांग्रेसका महामन्त्री थापाको जोड

चितवन । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीलाई नेता केन्द्रित नभइ समुदाय केन्द्रित