गणतन्त्रमा देशको मालिक जनता : उपमहासचिव पुन



काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले माओवादीको सपनाकै कारण जनता देशको मालिक बन्ने अवस्था सृजना भएको बताएका छन् ।

विगतमा धर्मका नाममा शासन सत्ता चलाउने र हिन्दू धर्मअनुसार राजालाई विष्णुको अवतार मानेर उनलाई नै देशको मालिक मान्ने परम्परा रहेको स्मरण गर्दै पुनले सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा जनता नै देशको मालिक हुने अवस्था सिर्जना भएको बताएका हुन् ।

बुधबार रोल्पाको लुङ्ग्री गाउँपालिका वडा नम्बर ५को नवनिर्मित भवन उद्घाटन गर्दै पुनले भने, “देशको मालिक जनता भएका छन् । हिजो राजा देशका मालिकका रूपमा गनिन्थे । हिन्दू धर्मअनुसार राजालाई विष्णुको अवतारका रूपमा लिइन्थ्यो । अहिले जनयुद्ध र जनआन्दोलनका कारण देशमा जणतन्त्र आएको छ र जनता नै देशको मालिक हुन् भन्ने मान्यता स्थापना भएको छ ।”

केही कमजोरीका हुँदा पनि समग्र विकासका हिसाबले पञ्चायत, राजतन्त्र, बहुदलीय प्रजातन्त्रभन्दा पनि गणतन्त्र उत्कृष्ट भएको तर्क गर्दै पुनले सडक विकासको एउटा मात्रै उदाहरण लिने हो भने पनि जनताको हित गर्ने शासन व्यवस्था गणतन्त्र नै हो भन्ने पुष्टि भएको स्पष्ट पारे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
करोडभन्दा कमका आयोजना नराख्ने भनिए पनि बजेटमा एक हजारका आयोजना किन राखियो ?

काठमाडौँ । नेकपा एमालेका सांसद भीमप्रसाद आचार्यले राजस्व चुहावटलाई नियन्त्रण गर्नसक्ने हो भने

बजेटमा प्रस्तावित स्रोत सुनिश्चितताको लक्ष्यमा पुग्न कठिन छः पूर्वअर्थमन्त्री महत

  काठमाडौँ । नेपाली कांग्रेसका सांसद एवं पूर्वअर्थमन्त्री डा प्रकाशशरण महतले बजेटमा आर्थिक

लोकतान्त्रिक गणतान्त्रिक शासन प्रणालीमा जनताका चाहनालाई सम्बोधन गर्नुपर्छः राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सहज, सरल र प्रभावकारी तवरले सेवाप्रवाह गरेर कर्मचारीतन्त्रले

धार्मिक पर्यटन प्रवर्द्धनमा पर्यटनमन्त्री पाण्डेको जोड

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले मुलुकका कतिपय धार्मिकस्थल चीन