कृष्णप्रसाद भट्टराईले देखाएको बाटो अनुसरण गर्नुपर्छः शेखर कोइराला



काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सन्त नेता कृष्णप्रसाद भट्टराईले देखाएको बाटो अनुसरण गर्नुपर्ने बताएका छन् ।

सन्त नेता कृष्णप्रसाद भट्टराईको १०१ औँ जन्म जयन्तीका अवसरमा यहाँ आयोजित ‘किसुनजीको जीवन र व्यक्तित्व’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै उनले स्वर्गीय नेताहरूले देखाएको बाटो अनुसरण गर्ने सङ्कल्प गर्न आग्रह गरे ।

उनले भने, “किसुनजी लगायतले जुन बाटो देखाउनुभएको छ । त्यो बाटोमा हिँड्न सक्नुपर्छ र हामी हिँड्छौँ भन्ने सङ्कल्प लिन्छौँ ।”

उनले प्रजातन्त्रका आधारभूत कुराहरूलाई नछाडी नेपाली कांग्रेस अगाडि बढ्नुपर्ने धारणा राखे । प्रजातन्त्रका आधारभूत न्यूनतम कुराहरूलाई साथ लिएर अगाडि बढे मात्रै कांग्रेस गन्तव्यमा पुग्ने उनले जिकिर गरेका ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
ऋषिकेश पोखरेलको बचाउ गर्दै गोकुल बास्कोटाले भने-सभापति दोषी हुनुहुन्छ भन्ने तरिकाले व्यक्तिगत हमला नगरौँ

  काठमाडौँ । संसदको सार्वजनिक लेखा समितिले महालेखापरीक्षक कार्यालयको प्रतिवेदनले औँल्याएका बेजुरू फर्छ्योटलाई

‘सहकारीको ऋण तिर्दिन भन्नु अराजकता’

गलकोट । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का सचिव तथा पूर्वशिक्षामन्त्री देवेन्द्र पौडेलले सहकारीको

रवि लामिछानेको सांसद पदबाट निलम्बन नगर्न सभामुखलाई रास्वपाको आग्रह

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टी सभापति रवि लामिछानेलाई प्रतिनिधिसभा सदस्यबाट निलम्बन नगर्न

लेखा समितिका सभापति पोखरेललाई राजीनामा दिएर मार्गप्रशस्त गर्न माओवादीको आग्रह

काठमाडौँ । नेकपा माओवादी केन्द्रले लेखा समिति सभापति ऋषिकेश पोखरेलको राजीनामा मागेको छ